जेनजी समुहले सुशीला कार्की नेतृत्वको बर्तमान सरकार असफल भएको निष्कर्ष निकालेका छन् ।
२३ वटा जेनजी संगठनले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै,जेनजी विद्रोहको आधारमै बर्तमान सरकार बने पनि त्यसले न्यूनतम प्रतिबद्धतासमेत पूरा नगरेको दाबी गरेका छन् ।उनीहरुले सरकार असफल भएको निष्कर्ष निकाल्दै अब आफ्नै नेतृत्वमा सरकार गठन हुनपर्ने बताएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर ज्ञापनपत्र बुझाउँदै आफ्नै नेतृत्वमा सरकार गठन गरिदिन आग्रह गरेका हुन्।
जेन(जी समूहले राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा पाँच प्रमुख अपेक्षा राखेको भनिएको छ ।वर्तमान सरकार दिशाहीन भएको आरोप लगाइएको छ।विशेषगरि, वर्तमान सरकारले ठूला भ्रष्टाचार प्रकरणमा संलग्नहरूलाई तत्काल कारबाही गर्न नसकेको, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न संविधान संशोधन लगायतका माग सम्बोधन गर्न नसकेको र विद्रोहका क्रममा भएको दमन र नरसंहारमा संलग्नमाथि कारबाही नगरिएको भन्दै आक्रोश जनाएका हुन्। ज्ञापन बुझाउने समूहमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एन–टेक जेजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीवी ग्रुप छन् ।
त्यसैगरी जीयूपीसी ग्रुप, जेवाइएन ग्रुप, जेनजी युनाइटेड, जेनजी २।०, रियल जेनजी, जेनजी वाई ग्रुप, जेनजी एलायन्स, नेपाल जेनजी रिभ्योल्युसन, इक्वीटी नेपाल, समता जेनजी, अल नेशन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी ग्रुप, जेनजी एकता मञ्च र जेनजी मुभमेन्ट नेपाल लगायत समूह छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने…







