मंसिर ४
जेनजी आन्दोलनमा घाईते भएका कास्कीका घाईतेहरुको मंसिर ७ गते वर्गिकरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भई उपचारपछि पनि पूर्ण रुपमा निको नभएका व्यक्तिहरुको मंसिर ७ गते आईतबार वर्गिकरण गर्ने जनाएको हो । जसका लागि जेनजी आन्दोलनमा घाईते भएकाहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी भवनस्थित जेनजी क्लिनिक कोठामा पूर्वाह्न १० बजेदेखि दिउँसो १ बजेसम्म उपस्थित हुन प्रशासनले आज एक सूचना निकालेर आग्रह गरेको हो ।

सूचनामा मंसिर ७ गते गृह मन्त्रालयको पत्र तथा ‘जेनजी प्रदर्शनका घाइतेहरुको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित वर्गीकरण सहजीकरण समितिले घाइतेहरुलाई तोकिएको समय र स्थानमा उपस्थित हुन भनेको छ ।
गृह मन्त्रालयको पत्रअनुसार २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको प्राविधिक समितिसमक्ष विवरण पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । प्रदर्शनका क्रममा घाइते भई प्रशासनबाट ‘जेनजी’ घाइते परिचयपत्र लिइसकेका तर उपचारपछि पनि पूर्ण रुपमा निको नभई हालसम्म घाइते अवस्थामै रहेका व्यक्तिहरु पहिलो चरणको वर्गीकरणमा पर्नेछन् ।
वर्गिकरण हुन चाहने घाईतेहरुले घाइते परिचयपत्र र आफूले उपचार गरेको विवरण तथा अन्य कागजातसहित उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
जेनजी आन्दोलनको क्रममा कास्कीमा ९२ जना घाईते भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने…







