प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, संयोजकमा सुदन किराँती


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०८२ मा प्रकाशित




प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।आइतवार काठमाडौंमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक रुपमा घोषणा गरे ।

डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो । पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । सो पार्टीको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।

घोषण सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीमा नगई नयाँ पार्टी निर्माणमा लागेका नेता जनार्दन शर्माले नेकपाका संयोजक प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् । उनले माओवादीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गरेको स्पष्ट पारे । पार्टीका संयोजक सुदन किरातीले पुराना पार्टीका शीर्ष नेताहरूले आजको समयको ढुकढुकीलाई बुझ्न नसकेकाले नयाँ अभियान सुरु गरेको बताएका छन् । तर पार्टीको ‘नाङ्लो पसल’ नखोल्ने र ‘भक्तहरुको स्वामी’ नबन्ने उनले बताए ।उनले आफूहरुले केबल एक थान पार्टी मात्र नबनाउने बताए ।नेता सन्तोष परियारले आफूहरु हिँड्न थालेको बाटो सहज नभएको बताए । यो थाहा हुँदाहुँदै सधैं सजिलो बाटो हिँड्न छुट नभएको बताएका छन् ।उनले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने बताए ।

पार्टीमा डा। बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्कीदेखि सन्तोष परियार र जेनजी युवा नेता ओजस्वी भट्टराईलाई समेत समेटिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।