पोखरा
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्द नभए देश समाप्त हुने खतरा रहेको औंल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले देश जोगाउनका लागि कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्द हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘कम्युनिष्ट क्रान्तिकारीहरु एकता हुनुको विकल्प छैन । नभए देश समाप्त हुनसक्ने खतरा छ ।’
पूर्व प्रधानमन्त्री खनालले लामो समयसम्म शासन गर्दा पनि विगतका सरकारहरुले जनआकांक्षा पूरा नगरेकाले जेनजी आन्दोलन भएको बताए । भ्रष्टाचार व्याप्तहुँदा जनता आजित भए,उनले भने,‘यसअघिका सरकारले कृषि क्रान्ति गर्न सकेन, भूमि सुधार गर्न चासो नै दिएन । उद्योग धन्दा सञ्चालन नगर्दा जनता बेरोजगार भए अर्थात काम पाएनन् र विदेशीन बाध्य भए। त्यसैले जेनजी आन्दोलन भयो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय…







