नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
मङ्गलबार बिहान काठमाण्डौंमा एक संचारमाध्यमसँग कुराकानी गर्दै कोइरालाले आफू १५ औँ महाधिवेशनमा सभापतिमा उठ्न र जित्न पनि तयार रहेको बताएका छन् । ‘पन्ध्रौँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हुँ,जसरी पनि चुनाव जित्नेछु’, उनले भने, ‘टिममै जाने कि एक्लै जाने भन्ने विषयमा छलफल भइरहेको छ तर म पछि हट्दिनँ।’सभापतिको उम्मेदवार हुने भएपछि आफुले पार्टी र संगठनको काममा नियमित लागिरहेको बताउँदै उनले नेता कार्यकर्तासँगको छलफललाई तीव्र पारेको जानकारी दिए ।
नेता कोईरालले आफ्नो नाममा सहमति गर्न पनि नेताहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘मेरो नाममा सहमति भए ठिकै छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । सबै योग्यलाई उठ्न छुट छ । तर यो पटक सहमति गरेर अगाडि जाँदा अझ राम्रो ।’
लामो प्रयासपछि निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन हुन लागेकोमा उत्साहित भएका नेता कोईराललले महाधिवेशन पछि पार्टी अझै बलियो भएर जाने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने…







