सरकारले विद्यालय व्यवस्थापन समिति समयमै गठन नगरी मनोमानी रुपमा चल्दै आएका विद्यालयको अनुदान रोक्ने तयारी गरेको छ ।
विद्यालय व्यवस्थापन समिति गठन नगर्ने देशभरका पालिकाहरूको नाम संकलन भइरहेको भन्दै शिक्षा मन्त्रालयले त्यस्ता सामुदायिक विद्यालयका लागि पालिकामा पठाउँदै आएको अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए ।
‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ उनले भने । यसअघि पनि देशका बिभिन्न सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन नै नगरी मनोमानी रुपले संचालन भईरहेको गुनासो मन्त्रालयमा पुग्ने गरेका थिए ।
सामुदायिक विद्यालयको सञ्चालन, व्यवस्थापन तथा रेखदेख गर्ने प्रयोजनको लागि विद्यालय व्यवस्थापन समिति गठन गरिन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने…







