नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले आज काठमाण्डौंमा आयोजना गरेको संवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राखे । सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै उनले आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हित कसरी गर्ने भन्नेमा आफ्नो चासो रहेको स्पष्ट पारे ।उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन र सर्वपक्षीय सरकारका माध्यमबाट निर्वाचनमा जाने गरी राजनीतिक निकास खोज्नुपर्ने पक्षमा एमाले रहेको बताए ।
एमाले वडा र टोलसम्म फैलिएको पार्टी भएकाले निर्वाचनबाट नभाग्ने भन्दै उनले वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र…





