अघिल्लो वर्षसम्म बागलुङको भलकोट र बुढाथोक गाउँमा खानेपानीको समस्या थियो । एउटा धाराबाट १० घर परिवारले पानी भर्नुपर्ने बाध्यता थियो ।
तर अहिले हरेकको घरमा धारा बनेका छन् । घरै छेउको धारामा पानी आउन थालेपछि स्थानीय दङ्ग छन् । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने यस गाउँमा एक घर, एक धारा बनेपछि स्थानीयको दैनिकी नै फेरिन थालेको छ । पहिले एक गाग्री पानी भर्नका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । भल्कोट र बुढाथोक गाउँका करिब १०० घरमा एक घर, एक धारा निर्माण भएर गरेर सञ्चानलमा आएपछि फोहर पानी उपभोग गर्न नपरेको स्थानीय पवित्रा घर्तीमगरले बताईन् । वर्षौं अगाडि बनेका धाराबाट गाउँलाई पानी नपुग्दा खोला र कुलोबाट पानी भर्नु परेको भन्दै अहिले घरैकै धारामा पानी भर्न पाइने उनले सुनाईन् ।
उनले भनिन्, “खानेपानीको धेरै समस्या थियो, गाउँमा ठूलो बस्ती छ, दिनप्रति दिन मान्छे बढिरहेका छन्, पानी सुक्दै जाँदा धेरै समस्या भएको थियो, धारामा सानो पानी आउने, त्यसमा पनि धेरैले एकैपटक पानी भर्न खोज्दा लाइनमा बस्नुपथ्र्यो, सरसफाइ गर्न र बस्तुभाउ खुवाउनका लागि पनि गाह्रो थियो, अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन, यसको मर्मतसम्भार त निरन्तर गरिराख्नु प¥यो ।” अर्का स्थानीय पुनीकला पुनले स्थानीयलाई खानेपानी लिन, नुहाउन र कपडा धुनका लागि निकै समस्या हुने गरेको भन्दै अहिले धेरै सहज भएको बताईन् । अब घरमै धारा बनेपछि खानेपानीको समस्या समस्या नहुने उनको भनाइ छ । अहिले गाउँको कुनै पनि घरमा खानेपानीको समस्या नभएको घर्ती बताउनुहुन्छ । स्थानीय सरकारले खानेपानीमा निकै राम्रो काम गरेको उनले सुनाईन् ।
गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को सहलगानीमा यस गाउँमा एक घर, एक धारा सञ्चालनमा आएको हो । भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । उक्त गाउँमा एक घर, एक धारा निर्माण गर्न नेवाको रु १३ लाख ३० हजार ११३, गाउँपालिकाको रु सात लाख सात ७७७ र जनश्रमदान रु आठ लाख छ हजार ३७१ गरी कूल रु २८ लाख ३७ हजार २६१ मा ५५ धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । भल्कोट गाउँमा चार हजार ९१५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी लिएर घरघरमा पु¥याएको उनको भनाइ छ । बुढाथोकमा भने नेवाको रु ११ लाख ५५ हजार १५, गाउँपालिकाको रु छ लाख ६४ हजार ९५५ र जनश्रमदान रु छ लाख ५७ हजार ९०८ गरी कूल रु २४ लाख ७७ हजार ८७८ मा ३९ धारा निर्माण गरेको उनले जानकारी दिए ।
यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेका मुहानबाट पाइप लाइनमार्फत घरघरमा पानी पु¥याइएको अध्यक्ष घर्तीमगरले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






