देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०८२ मा प्रकाशित




हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ । कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ ।

त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।