गृह जिल्लामा नै जनार्दन शर्मालाई कालो झण्डा


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०८२ मा प्रकाशित




नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका नेता जनार्दन शर्मा प्रभाकरले गृह जिल्लामा नै विरोधको सामना गर्नुपरेको छ ।

बिभिन्न कार्यक्रममा सहभागि हुन आइतबार बिहान रुकुम पश्चिम पुगेका प्रभाकरलाई आफ्नै पुराना कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका छन्। शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।नयाँ पार्टी गठन गरेको भन्दै तत्कालिन माओवादी निकटका युवाले कालो झण्डा देखाएको बताईएको छ ।

स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको जिल्ला प्रशासनले जनाएको छ । नवगठित दल प्रलोपामार्फत राजनीतिक यात्रा अघि बढाइरहेका शर्मा पार्टी गठन पछि पहिलोपटक गृहजिल्ला रुकुमपश्चिम पुगेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।