पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले विद्यालयका शिक्षक कर्मचारीलाई सूचनाको हक सम्बन्धी प्रशिक्षण दिएको छ ।
सुचनाको पहुँच सबैसम्म पुर्याउने हेतुले एकदिवसिय प्रशिक्षण दिईएको सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए । कार्यक्रममा सहभागि शिक्षक कर्मचारीलाई सूचनाको हकका लागि जिल्ला सन्जाल कास्कीका अध्यक्ष यदुनाथ बन्जाराले प्रशिक्षण दिएका थिए । उनले शिक्षकहरुलाइ सुचनाको हक कार्यान्वयन बारे प्रशिक्षण गराउदा बिध्यार्थी सम्म पुग्न जाने र यसले समाजलाइ सचेत र जागरुक बनाउन मद्दत गर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले विद्यालयका शिक्षकहरु समाजका प्रतिनिधि पात्र र सचेत बर्गको नेत्तृत्वदायी भुमिकामा रहने भएकोले सूचनाको हक बारे प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले सम्पुर्ण शिक्षक कर्मचारीलाइ सूचनाको हक सम्बन्धि प्रशिक्षण गराउनु सचेत समाज निर्माणको आवश्यकता र असल अभ्यासको खुड्किलो भएको बताए । अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुचना अधिकारी नविन अधिकारीले गरेका थिए ।
विद्यालयका शिक्षक ,कर्मचारी , व्यवस्थापन समिति , शिक्षक अभिभावक संघका प्रतिनिधि सहित करिव ८० जनाको सहभागिता रहेको थियो ।१ हजार ५ सय विद्याथी अध्ययन गर्ने उक्त विद्यालयमा संजालले पहिलो पटक प्रशिक्षण दिएको बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






