पोखरा भ्रमणको निम्तो बाँड्दै टोली कोशी प्रदेशमा


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित




पोखरा भ्रमणका लागि निम्तो बाँड्दै पोखराका पर्यटनकर्मी देशका विभिन्न सहरमा पुगेका छन् ।

२७ औँ पोखरा सडक महोत्सवमा सहभागी हुन निम्ता बाँड्दै हिँडेको पोखराका होटल तथा पर्यटन व्यबसायीको टोली कोशी प्रदेश पुगेको छ ।सो टोलीले पर्यटन व्यवसायी , पत्रकार , स्थानीय पालिकाका प्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको छ । उनीहरूले भेटका क्रममा पोखरा घुम्न आउन निम्ता गरे । टोलीले कोशी प्रदेशका इटहरी, धरान, विराटनगर लगायतका सहरमा पुग्दै पोखरा घुम्नआउनका लागि निम्तो गरेका हुन् ।

निम्तो बाड्दै कोशी प्रदेशमा पुगेका पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका अध्यक्ष गोपीचन्द्र भट्टराईले पोखरा सडक महोत्सव, पोखराको मात्रै नभएर गण्डकी प्रदेशकै महत्त्वपूर्ण कार्यक्रम को रूपमा विकाश हुँदै गएको बताए । उनले नयाँ वर्ष र क्रिसमस मनाउन मानिसहरू घुम्न विदेश जान थालेको बताए ।उनले सडक महोत्सवका बारेमा जानकारी दिनु र धेरै भन्दा धेरै पर्यटक पोखरा लैजानु नै हाम्रो उद्देश्य रहेको बताए । उनले पोखरामा पर्यटन संस्कार रहेको भन्दै सरकार र निजी क्षेत्रकाबीचमा सहकार्य आवश्यक रहेको बताए ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल ९रेवान० पोखराको आयोजनामा फेवा तालको किनार लेक साइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा पोखरा सडक महोत्सव २७ वर्षदेखि आयोजना हुँदै आएकाले सो कार्यक्रममा निम्ता बाँड्न देश भरि हिँडेको रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले बताए । सो टोली इटहरी धरान विराटनगर जनकपुर चितवन र काठमाडौँ मा निम्तो बाँड्न जाने गौतमले बताए ।

“सडक मै खाऊ, सडक मै नाचौँ, सडक मै रमाऊँ’ भन्ने मूल नाराका साथ आगामी पुस १३ देखि १७ गतेसम्म २७ औँ संस्करणको पोखरा सडक महोत्सवको आयाृजना गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।