सिलिङ्गे सहकारीमा रानाभाट कै नेतृत्व


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्वर २६ मा रहेको सिलिङ्गे कृर्षि उत्पादक सहकारी सस्थाको १७ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले आगामी कार्यकालका लागि ठाकुर प्रसाद रानाभाटलाई नै अध्यक्षमा दोहो¥याको छ ।

अध्यक्ष पदका लागि वर्तमान सचिव ईश्वरी प्रसाद अधिकारीको समेत उमेदवारी परे पनि पछि निर्वाचन समितिले सर्वसम्वत रुपमा वर्तमान कै अध्यक्ष रानाभाटलाई अध्यक्ष पदका लागि प्रस्ताव गरिएको हो । रानाभाट बैकिङ्ग क्षेत्रबाट आएको अनुभव र अघिल्लो कार्यकालमा सहकारीलाई ब्यवस्थीत रुपले संचालन गरेकै कारण उनलाई पुन अध्यक्ष वनाईएको हो । यसैगरि अन्य केही पदमा पनि एक जना भन्दा वढिको उमेदवारी परे पनि सर्वसम्वत रुप नै पदाधिकारी चयन गरिएको थियो । नव गठित समितिको उपाध्यक्षमा चिनिया थापा,सचिवमा मिरा सिग्देल,कोषाध्यक्षमा कृष्णहरि ढुगाना र सदस्यहरुमा पुरुषोत्तम ढुगाना,सिता ढुगाना,गोमा बञ्जरा,कमल वहादुर रानाभाट र बिमल अधिकारी रहेका छन् । त्यसैगरि सोही भेलाले सन्दिप ढुगाना संयोजक रहेको लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ,जसको सदस्यमा सञ्जिव गौतम र महेन्द्र ढुगाना रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले सहकारीको मुल्य र मान्यता भनेको छरिएर रहेको सानो पैसालाई एकिकृत गरि आम सेयर सदस्यको हितमा लगानी गर्नु हो तर पछिल्लो समयमा आम सहकारीको क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै पुर्ववत अवस्थामा ल्याउनका लागि सहकारीले आवस्यकताको शिध्यान्त अपनाई उत्पादनको क्षेत्रलाई अगाल्नु पर्ने सुझाव राखेका थिए । सोही अवसरमा सस्थापक अध्यक्ष देवेन्द्र रानाभाटले सहकारी स्थापनाका कालमा गाउघरमा उत्पादन गर्न सकिने फलफुल,तरकारी र अदुवा जन्य वस्तुको प्रवद्धन देखि वजारीकरणका लागि आवस्यक परमर्श दिने गरि सहकारीले काम गरेको वताएका थिए ।

सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शैलेन्द्र मोहन भटराई, सल्लाहकार चन्द्रगोपाल रानाभाट,मुरारी शर्मा,सेयर सदस्य राजेन्द्र ओझा,सोभा रानाभाट र जल्धारे वचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु प्रसाद बराल लगाएतले आफनो धारणा राखेका थिए । सस्थाका सचिव ईश्वरी प्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यदुनाथ बरालले गरेका थिए ।

कोषाध्यक्ष सोमनाथ अधिकारीले आर्थीक प्रतिवेदन र लेखा संयोजक सन्दिप ढुगानाले सस्थाको वास्तविक अवस्था र आगामी दिनमा गर्न सकिने कामका बारेमा सुझाव प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।