अध्यक्ष ओलीको टिम तयार,सचिवमा खगराज, पोखरेल समुहको महासचिवमा पाण्डे


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको काठमाण्डौंमा जारी ११औँ महाधिवेशनमा पदाधिकारी चयनका लागि दुवै पक्षमा कसरत चलिरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल बिच प्रतिस्पर्धा निश्चित भएसँगै दुवै पक्ष आ आफ्नो प्यानलको तयारीमा जुटेको स्रोतले बताएको छ ।अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका नाम करिब करिब टुंगो लागेको बताईएको छ । भने पोखरेल समुह पनि अन्तरिक तयारीमा जुटेको छ । ओली यसपालि पनि अध्यक्षको उमेदवार बन्दै छन् ।ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लगाइएको स्रोतले जानकारी दिएको छ । महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिइएको छ ।

उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम तय गरिएको ओलीनिकट स्रोतले जानकारी दिएको छ ।यस्तै, सचिवमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम तय गरिएको छ ।

पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए । अन्य पदका उम्मेदवार पनि टुंगो लगाउन छलफल चलिरहेको ती नेताको भनाइ छ ।

एमालेको नयाँ नेतृत्व चयनका निम्ति निर्वाचन तालिका प्रकाशन भइसकेको छ । निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते बिहान ११ देखि बेलुका अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।