एमालेको नयाँ नेतृत्व चयनको रस्साकस्सी:ओली र पोखरेल पक्षका प्रस्तावित उम्मेदवारहरु


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल समुहको प्रारम्भिक प्यानल तय भएको छ ।

ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो । पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तय भएको र सम्बन्धित प्रदेश इन्चार्जहरूमार्फत उम्मेदवारलाई दरखास्त फारम बुझ्न भनिएको स्रोतले जनाएको छ ।एमालेको अध्यक्षमा केपी शर्मा ओली आफै प्रतिस्पर्धा गर्दैछन् ।उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली पनि उपाध्यक्षकै उम्मेदवार बन्ने छन्।

महासचिवमा शंकर पोखरेल दोहोरिँदा उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुवी महासेठ उम्मेदवार बन्ने छन्।त्यस्तै लेखराज भट्ट, पद्मा अर्याल र छबिलाल विश्वकर्मा फेरि सचिवमै दोहोर्‍याउने भएको छ। त्यस्तै सचिवको बाँकी उम्मेदवारमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत छन्।दसौँ महाधिवेशनमा पोलिटव्युरो जितेका बस्नेतलाई ओलीले यसपटक सचिव पदको उम्मेदवार बनाउने भएका हुन्।

योसँगै ओलीले बस्नेतको गुन पनि तिरेको चर्चा सुरु भएको छ।पदाधिकारीमा कास्कीबाट नेता खगराज अधिकारी सचिवमा परेका छन् । सदस्य भुगोल तर्फ गण्डकीबाट केदार सिग्देल,हरि श्रेष्ठ,तिलक महत, रामशरण बस्नेत, कृष्ण थापा र युवामा दिलिप न्यौपाने छन् । आदिबासी जनजाति महिला तर्फ मञ्जुदेवी गुरु, खुल सदस्यमा पदम गिरी, जगत विश्वकर्मा, राजिव पहारी, रश्मँ आचार्य, महिलामा प्रभा कोईराला,क्रान्तिी बुर्लाकोटी, देवका पहारी छन् । केन्द्रिय अनुशासन आयोगमा सचिवमा डा भरतराज पहारी सदस्यमा सिता गिरी ओली रहेका छन् ।

नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ ।अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ ।यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए ।उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ ।

सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको स्रोतले बतायो ।ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो प्यानल सार्वजनिक नगरेसम्म पोखरेल पक्षले प्यानल सार्वजनिक गर्ने छैन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।