नेपाल परिवार नियोजन संघ कास्की शाखाले ११ वटा विद्यालय तथा क्याम्पसमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ ।
२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित भदौ १७ गतेदेखि अभियान संचालन गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए । पोखरा महानगरपालिकाका १६ र गाउँपालिकाका आठ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गरिने छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन मावि र पोखरा महानगरपालिका वडा नं २७ स्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा अभियान संचालन गरिएको छ । गोगन माविमा आयोजित कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा सदस्य शोभा वि.कले यस्ता कार्यक्रमले जनचेतना फैल्याउन सहयोग गर्ने बताए ।
कार्यक्रममा गोगन मावि व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष खगेन्द्र आचार्य र क्याम्पस प्रमुख हेमराज आचार्यले अभियान अत्यन्तै उपयोगी भएको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी, स्टाफ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






