भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा


     एभरेस्ट आवाज    
     पौष २ गते २०८२ मा प्रकाशित




पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडियाकर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ ।

पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजना भोलि पोखरामा हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरा आएको हो ।टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो ।

गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायत विषयमा अन्तक्र्रिया गर्नुुका साथै चितवनका पर्यटकीयस्थल अवलोकन गराइएको थियो । उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतीय टोली आज पर्वत र बागलुुङका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण्मा छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।