पोखरालाई दिगो पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने उद्धेश्यले एक सम्झौंता भएको छ ।
होटल संघ पोखरा नेपाल र संयुक्त समाज नेपालविच पोखरालाई दिगो पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न सहयोग पुर्याउने उद्देश्यले सम्झौता गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।यसमा दिगो परियोजना स्वीस कन्ट्याक्ट नेपालको प्राविधिक सहयोग रहने बताइएको छ ।संघको ४३ औं वार्षिक साधारण सभाका अवसरमा मंगलबार दुवै पक्षबिच सो सम्झौंता भएको हो । यसअघि होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरे । संघ कसरी स्थापना भयो भन्ने विषय स्मरण गर्दै तुलाचनले व्यवसायिक हकहितमा संघ निरन्तर अगाडि बढ्नुपर्ने सुझाव राखे ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा २४ घण्टा खुल्ला भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको बताए । रात्रीकालिन व्यवसाय २४ घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातक सिद्ध हुन पुगेको उनको भनाई थियो । ‘विभिन्न सरोकारवाला निकाय मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीले मात्र २४ घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था हो,’ उनले थपे, तर यहाँ सिंगो लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको छ । पोखरा रातभरि खुल्ला भन्ने भ्रमका कारण कतिपय आन्तरिक पर्यटकले राति दुई बजे पनि खाना अर्डर गर्ने गर्दा व्यवसायीले दुःख पाएको अध्यक्ष सुवेदीले गुनासो गरे । तीन सिफ्टमा हामी कर्मचारी व्यवस्था गरेर रातभरि सेवा दिन सक्ने अवस्था छै्रन, उनले भने, पर्यटकहरु रातभरि खुल्ला भनेको होइन, भनेर गुनासो गर्नुहुन्छ । २४ घण्टा पोखरा खोल्ने व्यवस्थाले पोखराको पर्यटनमा कायापलट हुन्छ जस्तो गरी उ बेला प्रचार गरिए पनि अहिले त्यस्तो केही नभएको उनले बताए ।
कार्यक्रममा सुवेदीले पोखरा र सिंगो नेपालको प्रवद्र्धनका लागि जाउँ है पोखरा, चलिए पोखरा र पोखरा ः प्युर एण्ड पर्फेक्ट जस्ता अभियान संघले संचालन गर्दै आएको स्मरण गराए । यस्तो प्रवद्र्धनका कारण पोखरा आउने तीन प्रतिशत नेपाली पर्यटकको दर अहिले ४० प्रतिशत पुगेको तथ्यांक अध्यक्ष सुवेदीले सुनाए । भाइटिका महोत्सव जस्ता कार्यक्रमलाई पनि निरन्तरा दिइएको उनले सम्झाए । पोखराबाट विभिन्न देशसम्म सिधा हवाई उडान संचालनका लागि कतिपय देशका राजदूतसँग संघले छलफल गरेको पनि अध्यक्ष सुवेदीले जानकारी दिए ।अर्को प्रसंगमा बोल्दै सुवेदीले २५ बेड भन्दा माथिका होटललाई वातावरणीय प्रभाव मुल्यांकनको अनिवार्य व्यस्था गरेर सरकारले व्यवसायीलाई दुःख दिएको गुनासो गरे । साना होटलले यस्तो व्यवस्था कार्यान्वयन गर्न गाह्रो भएको भन्दै यस्तो नियम अव्यवहारिक हुँदा थुप्रै होटलहरु नविकरण हुन नसकेको उनले बताए ।
कार्यक्रममा संघका सचिव पार्वती पाण्डेले संघका भावि कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् । संघका कोषाध्यक्ष नेत्र प्रसाद पौडेल ९रमेश० ले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।संघका प्रथम उपाध्यक्ष दिपक श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा विशाल ग्रुपका तरुण अग्रवालले पनि कम्पनीले विक्रीवितरण गर्दै आएका विद्युतीय सवारीबारे जानकारी गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






