पोखरा महानगरपालिकाको वर्ष उत्कृष्ट कर्मचारी नवराज सापकोटा बनेका छन् । महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा उनलाई वर्ष उत्कृष्ट कर्मचारी सम्मान घोषणा गर्दै सम्मानित गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले उनलाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उत्कृष्ट कर्मचारी सम्मान प्राप्त गरेका सापकोटा पोखरा–२६ मा सूचना अधिकारीका रुपमा कार्यरत छन् । उनीसहित ५ जनालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






