रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८२ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिइएको छ ।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले तत्कालीन गोर्खा मिडियाका प्रबन्धक निर्देशक समेत रहेका लामिछानेलाई बिगोबराबरको रकम धरौटी राखेर छाड्ने आदेश दिएको हो । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनको मुद्दामाथि बिहीबार बहस सकिएपछि धरौटीमा छाड्ने आदेश भएको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

प्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत रु। २ करोड ७४ लाख ८४ हजार बिगोका हकमा सुरक्षित गर्ने,आदेशमा भनिएको छ ।न्यायाधीशद्वय बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा छन् ।जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।