पोखराकी उपमेयर पनि एमालेको केन्द्रीय सदस्यमा निर्वाचित : पोखराबाट अन्य को को ??


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ पनि नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । एमालेको विहीबार सम्पन्न ११ महाधिवेशनबाट पोखरा महानगरपालिकाकी उपमेयर गुरुङ दोस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । आदिवासी जनजाति महिलातर्फ निर्वाचित उनले १ हजार ८ सय २८ मत प्राप्त गरिन् ।

त्यस्तै, खुल्ला केन्द्रीय सदस्यमा रस्मी आचार्य र राजिव पहारी निर्वाचित भएका छन् । आचार्यले १ हजार २ सय ९७ र पहारीले १ हजार २ सय ४९ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।

यसैगरी, एमालेको केन्द्रीय सदस्य महिलामा प्रभा कोईराला १ हजार ८ सय ५७ र
देवका पहारी १ हजार ६ सय ५३ मत प्राप्त गरेर बिजयी भएको निर्वाचन कमिटीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।