राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ ।
पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिनेहरुको सूची आज प्रकाशित गरिएको छ । गण्डकी प्रदेशबाट ४३ जनाको आवेदन परेको छ । जसमा ११ जना कास्कीका छन् । कास्कीबाट आदिबासी जनजाति तर्फ शोभा जोशी,उषा भुजेल,बिष्णुकुमारी गुरु,रविन्द्र मल्ल,शाोभा कायस्थ दलित तर्फ प्रदीप सुनार मुस्लीम तर्फ समिउन निशाा र खस आर्यबाट सोमनाथ अधिकारी,मञ्जुसिंह हमाल,संगीता गौतम तिमिल्सीना र राममाया बस्ताकोटी छन् । रास्वपाले शनिबार पोखराको लेकसाइडस्थित होटल माउन्ट अपीमा प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूसँग छलफल तथा अन्तक्र्रिया गर्ने छ ।
यस्तै, उम्मेदवार छनोटको निर्धारित रूपरेखाअनुसार पुस ६ र ७ गते प्रदेशभर ‘घरदैलो कार्यक्रम’ सञ्चालन गरिनेछ । यसका लागि आवश्यक तयारी समयमै पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।कुनै कारणवश प्रारम्भिक सूचीमा नाम छुटेको भए वा थप जानकारी आवश्यक परेमा सम्बन्धित प्रदेश सभापतिमार्फत सम्पर्क गर्न समितिले अनुरोध गरेको छ । रास्वपाले आन्तरिक प्रतिस्पर्धा र लोकतान्त्रिक विधिबाट उम्मेदवार टुंगो लगाउने नीति लिएको छ ।
रास्वपाको समानुपातिक तर्फ आवेदन दिनेमा विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएका समीक्षा बास्कोटा, रञ्जु दर्शना,प्रकाशचन्द्र परियारदेखि गायिका सत्यकला राई समेत रहेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






