पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत कर्मचारीहरु सरसफाईका सामग्री सहित सडकमा उत्रिए । उनीहरुले पार्क, मन्दिर लगायत वरपर झाडि फडानी सहित नाला सफाई गरे । नवौं वर्ष प्रवेशका अवसरमा होटलले सञ्चालक तथा कर्मचारीहरुविच शुभकामना साटासाट गरे । उत्कृष्ट कार्य गर्ने कर्मचारी सम्मान पनि गरियो ।सो सम्मानबाट कर्मचारी पुजा लामा सम्मानित भईन् । कार्यक्रममा बोल्दै होटलका अध्यक्ष सन्तोष पोखरेलले बाटिका होटलले आठौं वर्ष पुरा गर्दा सम्मका आरोह अवरोह स्मरण गरे । यो अवधिमा धेरै खाले चुनौंती व्यहोर्नुपरेको बताउँदै अब भने होटल बाटिका पोखराको प्रतिष्ठित होटल मध्ये एक बनिसकेको जनाए ।
त्यस्तै होटलका सञ्चालक प्रेमकृष्ण श्रेष्ठ र बिमल कुमार नहर्कीले होटलले पाएको सफलताको पछाडी कर्मचारीहरुको लगन, मेहनत, धैर्यता रहेको औल्याए । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल लाम्पाटनका प्रमुख एसपी अरुण कुमार शर्मा, विशेष अतिथि पत्रकार विनोद लामिछाने लगायतले नवौं वर्ष प्रवेशका अवसरमा होटललाई बधाई ज्ञापन गर्दै आगामी यात्राको सफलताका लागि शुभेच्छा प्रकट गरे । कर्मचारीको तर्फबाट बोल्दै होटलका मेनेजर दीपेन्द्र पोखरेलले होटलको सफलतामा ‘टिम वर्क’ महात्वपूर्ण पक्ष रहेको बताउँदै साथीभाईविचको घनिष्ठता र सम्बन्ध आगामी दिनमा झनै प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
होटलमा कार्यरत कर्मचारीको जन्मदिवस पनि मनाईएको कार्यक्रममा कर्मचारीहरुले साँस्कृतीक प्रस्तुती प्रदर्शन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले कार्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले…







