म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले रु एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् ।
छिमेकी मुलुक चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क प्राप्त भएको हो । अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मइलन गर्बुजा पुनका अनुसार भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा दान गरेका हुन् ।
“साविक हिस्तान गाविसको साविक पाँचवटै टोलको भेलाबाट सहमति जुटाई तीन वर्षअघि उहाँहरुले जग्गा दानको घोषणा गर्नुभएको थियो, जुन अहिले प्रक्रिया पूरा गरिएको हो”, उनले भने, “गाउँपालिकाले रु एक करोड ३९ लाख लागत अनुमानको हिस्तान वडा कार्यालय भवन निर्माणका लागि आइतबार ठेक्का आह्वान गरेको छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






