टान गण्डकीको २ दिने पुर्नताजगी तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     पौष १४ गते २०८२ मा प्रकाशित




पोखरा, पुस १४

टे«किङ एजेन्सीस्ज एशोसिएन अफ नेपाल (टान) गण्डकीको दुई दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । टान गण्डकीको आयोजना तथा संयक्त राष्ट्र संघीय विकास कार्यक्रम समन्वय र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्रा क्षेत्रमा सक्रिय पथप्रर्दशक तथा सहयोगीहरुलाई लक्षित गरि आयोजित तालिम आईतबार समापन भएको हो । ९२ जना पथप्रदर्शक तथा सहयोगीहरु सहभागी तालिममा प्रशिक्षकहरुले पदयात्रामा जाँदा आउने चुनौति र त्यसको सामना गर्ने उपायहरुबारे तालिम दिएका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पथप्रदर्शकहरु रोजगारीको अभावमा विदेशिने गरेको उल्लेख गरे । त्यसबाहेक पदयात्राका क्रममा गुणस्तरीय खानाको समस्या, जीवन बिमा तथा सामाजिक सुरक्षा लगायतका समस्याहरु देखापरेकाले त्यसको समस्या समाधानका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराए । उनले पदयात्राका क्रमम हुने अनैतिक क्रियाकलापको रोकथाम, नयां गन्तव्यको पहिचान तथा टानका सदस्यहरुको जीवन बिमालगायतबारे पनि प्रष्ट्याएका थिए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले टानले पथप्रदर्शक तथा सहयोगीहरुका लागि निरन्तर तालिम गरेर दक्ष पथप्रदर्शक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान गर्न सकेमा भारतीय तथा बंगलादेशी पर्यटकहरुलाई प्रशस्त मात्रामा पोखरा भित्राउन सकिने बताए । उनले टिम्सको कार्यान्वयनका लागि वोर्डले सरकारलाई झकझकाई रहेको पनि बताए ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम गण्डकी र लुुम्बिनी प्रदेशका प्रमुख फिल्ड अधिकृत सुुदीप अर्यालले दिगो पर्यटन परियोजना कार्यक्रम अन्र्तगत पदयात्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने पथप्रर्दशक तथा सहयोगीहरु देशको राजदूत भएको बताए ।

टान गण्डकीका सल्लाहकार जीवनराज सापकोटाले पदयात्री फर्कीफर्की नेपाल आउने बनाउनका लागि पथप्रदर्शकको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा नवनियुक्त पर्यटक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिमाया थापालाई स्वागत तथा सम्मान गरिएको थियो ।

तालिममा सहभागी शालिकराम तिमिल्सिना र चित्रा त्रिपाठीले तालिम फलदायी भएको बताए । साथै उनीहरुले आगामी दिनमा फिल्डमै लगेर तालिम दिएमा थप प्रभावकारी हुने पनि बताए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीले स्वागत मन्तव्य र सञ्चालन सचिव गोपालकृष्ण संग्रौलाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।