नेपाली कांग्रेसमा फागुन २१ को निर्वाचन अघि महाधिवेशनको संभावना न्युन देखिएको छ ।
सभापति शेरबहादुर देउवाले आसन्न आमनिर्वाचनभन्दा अगाडि महाधिवेशन गर्न नहुने स्पष्ट पारेसँगै नियमित महाधिवेशनको संभावना न्युन देखिएको हो । आसन्न निर्वाचन अगाडि नै महाधिवेशन गरिए पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिएको उनले उल्लेख गरे ।
मंगलबार महाराजगन्जस्थित निवासमा केही पत्रकारसँग भेटघाट गरेका सभापति देउवाले निर्वाचनभन्दा अगाडि नै महाधिवशेन गर्ने भए पनि आफू बाधक नबन्ने स्पष्ट पारे ।आफू १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए ।
सभापतिका निम्ति अब आफ्नो इच्छा पनि नभएकाले अरूलाई प्रोत्साहन गर्ने उनले सुनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १७ पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी…






