माछापुच्छ्रे गाउँपालिका गाउँ सभाले विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ ।
सोमबार सम्पन्न भएको १८ औं गाउँ सभा अधिवेशनमा गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सो विधेयक सभामा प्रस्तुत भएको थियो ।माछापुच्छ्रे गाउँपालिका, कास्कीको आर्थिक वर्ष २०८२÷०८३ का सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वनेको ऐन संसोधन गर्न वाञ्छनीय भएकोले गाउँ सभाबाट संसोधन गरिएको हो ।
सभामा मन्तव्य व्यक्त गर्दै सभा सदस्य भरतराज अधिकारीले प्रत्यक वडालाई आत्मानिर्भर बनाउका लागि उत्पादनसँग जोड्नु पर्ने बताए । ‘पछिल्लो समय बाँदर आतकंले खेति योग्य जमिन बाझा हुन थालेका छन्, भु उपयोगका लागि यस्ता समस्याहरु हल गर्दै प्रत्यक वडालाई उत्पादनसँग जोड्न जरुरी छ’ उनले भने, ‘गाउँपालिका दुधमा आत्मनिर्भर भए जस्तै अन्य क्षेत्रमा वडामा के गर्न सकिन्छ त्यसको खोजि गरि वडा वासीलाई आत्मानिर्भर बनाउन तर्फ पालिका लाग्नु पर्दछ ।’ सभा सदस्य अप्सरा गौतमले सम्पूर्ण राजनितिक दल बुद्धिजिवीसँग समन्वय गरेर वजेट वाडफाड गर्नुपर्ने सुझाव दिइन् । अर्की सभा सदस्य गंगा रानाभाटले गुनसाहरु आए पनि पालिकाले यहाँको विकास निर्माणमा धेरै काम गरेको बताईन् ।
उक्त सभाको शुन्य समयमा सभा सदस्य रामहरि गुरुङ, भरतराज अधिकारी, बावुराम भण्डारीले आफ्ना वडाका समस्याका विषयमा आवज उठाएका थिए । त्यसको जवाफमा पालिका अध्यक्ष मिनबहादुर गुरुङले शुन्य समयमा प्राप्त सुझाव तथा छलफका विषयलाई यथासक्य कार्यान्वयनमा लौजाने जानकारी दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २७ साउन । लायन्स क्लब अफ पोखरा बाराही टाउनले ब्रोडपिक हिमपहिरोमा…





