पोखरा, पुस १५
पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा बुधबार न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ एक्स नेपथ्यदेखि डिमर्चासम्मले मध्यरातसम्म प्रस्तुती दिनेछन् ।
अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित गीतहरुमा ओरिजिनल आवाज प्रस्तुत गर्नेछन् ।
त्यस्तै, भोलि न्यू ईयर ईभ विशेषमा उज्जन शाक्यले पनि लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । जहाँ उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने सांगीतिक कार्यक्रमको संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै, न्यू ईयर ईभमा डिमर्चा, लेकाली, देउराली व्याण्डको पनि लाईभ प्रस्तुती रहने उनले बताए । उनका अनुसार न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिनेछन् ।
त्यस्तै, दीवा कार्यक्रममा भोलि प्रिती आले, लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
यसअघि आज भने स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिए । तमु समुदायको महान पर्व ल्होसारको दिन आज दिउँसो ल्होसार विशेष कार्यक्रम चल्यो । जहाँ विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चलिरहेको अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।
साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गरे । त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् । त्यसअघि चक्र व्याण्ड, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालले पनि प्रस्तुती दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा , नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी…






