पोखरा सडक महोत्सवमा आज न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिदै

- भाईरल आस्मा विश्वकर्माले छिकिरी छिकिरीलगायतका गीतमा प्रस्तुती दिने


     एभरेस्ट आवाज    
     पौष १६ गते २०८२ मा प्रकाशित




पोखरा, पुस १५

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ आज एक्स नेपथ्यदेखि डिमर्चासम्मले मध्यरातसम्म गुञ्जिनेछ ।

अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा एक्स नेपथ्य तीन दशकपछि गुञ्जिदैछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित गीतहरुमा ओरिजिनल आवाज प्रस्तुत गर्नेछन् ।

त्यस्तै, आज न्यू ईयर ईभ विशेषमा उज्जन शाक्यले पनि लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । जहाँ उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने सांगीतिक कार्यक्रमको संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै, न्यू ईयर ईभमा आजै डिमर्चा, लेकाली, देउराली व्याण्डले पनि लाईभ प्रस्तुती दिने उनले बताए । उनका अनुसार न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिनेछन् ।

त्यस्तै, दीवा कार्यक्रममा आज प्रिती आले, लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।