म्याग्दीको मुदीमा प्रेक्षालयसहित वडा कार्यालय भवन निर्माण


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८२ मा प्रकाशित




म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ ।

धौलागिरि गाउँपालिकाले दुईतले सभाहलसहितको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । बिहीबार भवन हस्तान्तरण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । वडा भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा दान गरेका थिए ।

गाउँपालिकाले यसअघि मुदीमा २०८१ मा रु ८९ लाखको लागतमा दुईतले सातकोठे स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।