सुनौलो बचत तथा ऋण सहकारी संस्थामा सापकोटा


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८२ मा प्रकाशित




पोखराको लेकसाइडमा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले जीवनराज सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

नौ सदस्यीय समितिको उपाध्यक्षमा जगन्नाथ तिमिल्सिना, सचिवमा ईश्वरीप्रसाद पौडेल, कोषाध्यक्षमा गुणराज आचार्य र सदस्यहरूमा झबिलाल अधिकारी, उमादेवि अधिकारी, पार्बता पाण्डे, झन्कनाथ पौडेल र सुधा सुवेदी बराल रहेका छन् । त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजकत्वमा लिला भट्टराई र सदस्यद्वयमा ताराप्रसाद गौतम र श्रीकृष्ण श्रेष्ठ निर्वाचित भए । संस्थाका बरिष्ठ सल्लाहकार डम्बरबहादुर के सी र कानुनी सल्लाहकार दामोदर अधिकारीले अधिवेशनको निर्वाचन कार्यक्रमलाई सम्पन्न गराएका थिए । यस अघि संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता एवम् सचिव सोमबहादुर थापाले सञ्चालन गरेको साधारणसभा तथा अधिवेशनको बरिष्ठ सल्लाहकार केसी र कानुनी सल्लाहकार अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष भोजकुमार श्रेष्ठले सहकारीका सात सिद्धान्त वाचन सहित स्वागत गरेका थिए । उक्त अवसरमा विद्यार्थीद्वय आधारभुत तहमा आइशा क्रान्ति शर्मा र माध्यमिक तहमा भास्करप्रताप श्रेष्ठलाई नगद सहित शैक्षिक पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ रिसेप्सनिष्ट अनिशा देवकोटा, उत्कृष्ट कारोबारी सदस्यतर्फ सदस्यद्वय शान्ता श्रेष्ठ र बिष्णुमाया सार्की लामिछानेलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थामा बिगत १० बर्षदेखि निरन्तर कार्यरत संस्थाका ब्यवस्थापक गिरिधारी ढकाल र क्यासिअर लक्ष्मी थापालाई दशक सेवा पदकबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराम सापकोटाले सदस्यहरुको जिज्ञासा स्पष्ट पार्दै सहकारीको वास्तविक स्थिति र हालको सहकारीका गतिविधि लगायतमा जानकारी गराउनुुभयो भने ऋण समिति संयोजक जिवनराज सापकोटाले ऋण सम्बन्धित बिषयमा प्रष्ट्याए । साधारणसभाले सचिव सोमबहादुर थापाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, जिन एन पाण्डे एण्ड एशिसिएटस द्वारा लेखा परिक्षण गरिएको लेखा परिक्षण प्रतिवेदन, कोषाध्यक्ष लिला भट्टराईद्वारा प्रस्तुत भावी बजेट सहितको कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक ईश्वरीप्रसाद पौडेलद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराम सापकोटा, संस्थाका बरिष्ठ सल्लाहकार डम्बरबहादुर के सी, बच्चुराम तिवारी, कानुनी सल्लाहकार दामोदर अधिकारी लगायतले आ आफ्ना धारणा राखे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।