शिशिर उजाड
पोखरा
पोखराको बाटुलेचौरमा रहेको श्री गाउँ विकास समाज सहकारी संस्था लिमिटेडको अध्यक्षमा योगेन्द्र बहादुर बस्नेत चयन भएका छन्।
सहकारीको शनिबार सम्पन्न १३ औं अधिवेशनले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो। सहकारीको उपाध्यक्षमा बलबहादुर थापा, सचिवमा लक्ष्मी देवकोटा , कोषाध्यक्ष कुलबहादुर खत्री र सदस्यमा मनु बस्नेत,जगत वहादुर कार्की,शिवशोभा खड्का, दिलबहादुर बानियाँ, रामजी जिसी चयन भए। त्यस्तै लेखा समिति संयोजकमा सुशील थापा र ऋण समिति संयोजकमा गोविन्द बहादुर थापा छन्। संयोजक चित्र बहादुर थापा, सदस्य सुशील बस्नेत र प्रकाश थापाको निर्वाचन समितिले संचालक समिति चयन गरेको हो।सहकारीले उत्कृष्ट दैनिक बचतकर्ता यज्ञबहादुर बस्नेत, मासिक बचतकर्ता बाबुराम श्रेष्ठ र उत्कृष्ट कारोवारीमा अनिता गुरुङ सम्मानित भए ।
उनीहरुलाई प्रमुख अतिथि सहकारीका सल्लाहकार दुर्गालाल श्रेष्ठ, सल्लाहकार दुर्गा केसी थापा , निर्वाचन समितिका संयोजक चित्र बहादुर थापा लगायतले सम्मान गरे । यसअघि सभाको उद्घाटन गर्दै सल्लाहकार दुर्गालाल श्रेष्ठले स साना वचतकर्ताको साथ र सहयोगले नै सहकारी संस्था दिगो बन्ने बताए । कार्यक्रममा समाजसेवी चित्रबहादुर थापा, मनु बस्नेत, उपाध्यक्ष सुशील बस्नेत लगायतले सहकारीका विषयमा बोलेका थिए ।

अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव योगेन्द्र बहादुर बस्नेतले गरेका थिए ।सभाले कोषाध्यक्ष सुशील बस्नेतको आर्थिक र लेखा संयोजक कुलबहादुर खत्रीले पेश गरेको लेखा प्रतिवेदन पारित गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






