पोखरा, पुस २९
नेपाल टेलिकम पोखराले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सूचना प्रविधि र डिजिटल साक्षरता सम्बन्धि सचेतना कार्यक्रम गर्ने भएको छ । वार्षिकोत्सवको अवसरमा टेलिकम पोखराले एक साता लामो व्यापार प्रवर्द्दन इभेन्टदेखि २२ दिनसम्म चल्ने उपहार योजना र विद्यालय केन्द्रित साक्षरता अभियान सञ्चालन गर्ने जनाएको हो ।
जस अन्तर्गत पोखराका २२ वटा सरकारी विद्यालयमा ’डिजिटल साक्षरता कक्षा सञ्चालन गरिने टेलिकम पोखराका कार्यालय प्रमुख प्रेमराज ढुंगानाले जानकारी दिए । सो साक्षरता कक्षामा कशोरकिशोरीहरुलाई साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेटको सही प्रयोग र अनलाइन दुव्र्यवहारबाट जोगिने उपायहरू सिकाइने उनले बताए ।
त्यस्तै, वार्षिकोत्सवकै अवसरमा टेलिकम कार्यालय परिसरमा माघ १८ देखि माघ २२ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूका लागि विशेष (एफटिटिएच स्टुडेण्ट अफर) प्रवर्द्दन गरिने भएको छ । यसका साथै अत्याधुनिक प्रविधि (वाईफाई-६’ र (एक्सेस प्वाईन्ट)को प्रत्यक्ष अनुभव र परामर्श पनि प्रदान गरिने उनले जानकारी दिए ।
सो अवसरमा ग्राहकलाई डिजिटल सेवामा अभ्यस्त गराउन एनटी एप डाउनलोड अभियान र महिनाभर चल्ने ‘क्लिक, सेयर एण्ड विन’ लक्की ड्र प्रतियोगिता पनि आयोजना गरिने टेलिकमले जनाएको छ । यस योजना अन्तर्गत टेलिकम कार्यालयमा फोटो खिचेर सामाजिक सञ्जालमा सेयर गर्ने ग्राहकले आकर्षक उपहार जित्न सक्ने नेपाल टेलिकम गण्डकी प्रदेश व्यापार प्रमुख महेन्द्रप्रसाद रिमालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २…





