प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीमा क्षेत्री


     एभरेस्ट आवाज    
     माघ २३ गते २०८२ मा प्रकाशित




प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीको अध्यक्षमा प्रेम बहादुर क्षेत्री चयन भएका छन् ।

संघको सम्पन्न दशौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा गोर्खाली पानीका लेख बहादुर प्रधान , सचिवमा हिमालयन वाटर एण्ड आईसका अध्यक्ष कविन्द्र कोईराला, कोषाध्यक्षमा पुष्पराज गिरी पञ्चासे पानी, सहसचिवमा अमृतसागर तिवारी वर्षा पानी रहेका छन् । सदस्यहरुमा चीनुमाया गुरुङ अमृतजल, सन्दिप लामिछाने लेकसिटी पानी, सन्त बहादुर लामिछाने नेशनल पानी र निशान्त तिवारी विश्वास पानी रहेका छन् ।

प्रमुख अतिथि, निर्वाचन समितिका संयोजक संस्थाका संस्थापक तथा वरिष्ठ सल्लाहकार यदुनाथ अधिकारीले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराउँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । उनले पानी व्यवसायीलाई एक मन र एकतामा रहेर संस्थालाई जिवन्त बनाउने कार्यमा नयाँ समिति दत्तचित्त भएर लाग्नेमा आफु ढुक्क भएको बताए । पहिले घरलाई व्यवस्थित बनाउनु पर्ने त्यसपछि मबत्र प्रदेश तथा केन्द्रमा कास्कीको क्रियासिलतालाई अब्बल बनाउन अनुरोध गरे ।

नवनिर्वाचित अध्यक्ष तथा सोल्टी पानीका अध्यक्ष प्रेम क्षेत्रीले आफ्नो कार्यकालमा संस्थाको जगलाई बलियो बनाउन इंटा थप्ने कार्य गर्ने बताए । सबैभन्दा पहिले हामी बाँच्नुपर्छ अनि अरुलाई बचाउन पनि हामी सबै एक भएर जानुको विकल्प नभएको बताए । सो अवसरमा उनले एउटै थलोबाट पानीको वितरण प्रणालीलाई समुचित रुपमा अगाडी बढाउन आवश्यक भएकोमा जोड दिए । निवर्तमान अध्यक्ष रवीन्द्र मोहन अधिकारीले हामी सबैले कानुनको पालना गर्दै नियमनकारी निकायलाई केहि भन्न सक्ने ठाउँ पनि नदिएर कामलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । ३ वर्षे कार्यकालमा स्वच्छ विचारलाई आत्म साथ गर्दै अगाडी बढ्न आवश्यक भएको बताए ।

सल्लाहकार रामबहादुर कोईरालाले आगामी दिनमा समितिले संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने कार्यमा लाग्न शुभकामना व्यक्त गरे ।अध्यक्ष रवीन्द्र मोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रको सञ्चालन सचिव अमृत तिवारीले र दोस्रो सत्रको नवनिर्वाचित सचिव कविन्द्र कोईरालाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।