लेखनाथ सहकारीको स्थापना दिवसमा दौड


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेकोे छ ।

सहकारीहरु विचको एकतालाई जोड दिने उदेस्यले शनिवार गरिएको पाँच किलोमिटर खुल्ला महिला÷ पुरुष दौड प्रतियोगिताको महिला तर्फ पवित्रा लामिछानेले निर्धारीत दुरी २९.१५ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् भने आसिका लामिछानेले दितिय,पार्वती अधिकारीले तृतिय र माया पौडेल,पवित्रा नेपाली,अंकिता लामिछाने,नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सान्त्वना भए । यसैगरि पुरुष तर्फ नयन बचत तथा ऋण सहकारी सस्थाका नवराज के शीले उत्त दुरी १८ मिनेटमा पार गरि प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने दितिय तर्फ सिलिङ कृषि सहकारीका सुदिन रानाभाट,तृतियमा दिपाङ मत्स्य सहकारीका नारायण लामिछाने र सान्त्वना तर्फ खडानन्द लामिछाने,मिलन परियार,सुर्य थापा क्षेत्री,अर्पण थापा र रमिल समुदा मगर छन् ।

बिजेता प्रथम हुनेले सात हजार,द्वितियले पाँच हजार,तृतीयले तीन हजार र सान्त्वना हुनेले जनही एक एक हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ । यसैगरि जेष्ठ सहभागी तर्फ भरतलाल श्रेष्ठ र गंगा धमला साथै कान्छो सहभगीता पुरस्कार संकल्प अधिकारी पाएका हुन् । यसैविच सोही अवसरमा जिल्ला सहकारी संघ कास्कीले प्रदान गर्ने उत्कृष्ठ ब्यवस्थापनबाट पुरस्कृत सस्थाका ब्यवस्थापक गोविन्द लामिछानेलाई समेत सम्मान गरिएको थियो ।

सस्थाका अध्यक्ष लेखनाथ सपकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सुभारम्भ पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव शिवप्रसाद भण्डारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।