रास्वपा कास्की–२ का बिभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८२ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत बिभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरेकोे छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याएको हो।जस अन्र्तरगत पोखरा ८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरि उद्घाटन गरिनुका साथै बिभिन्न ठाउँहरुमा सुझाव संकलन जारी रहेको रास्वपा कास्की–२ को सचिवालयले जनाएको छ । कार्यालय स्थापनाको अवसरमा केन्द्र ,प्रदेश ,जिल्ला र क्षेत्रका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा कास्की क्षेत्र नं. २ का उमेदवार उत्तम पौडेलले यस क्षेत्रको समग्र विकासमा जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन् । यसै बिच उम्मेदवार पौडेलले निरन्तर क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।