गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार नुवाकोटको सुरक्षा एवं निर्वाचन आचारसंहिताको अवस्था जानकारी लिनु भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै । तस्बिरः रामहरि न्यौपाने/रासस
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन् ।
निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे बुझ्न नुवाकोट पुगेका अर्यालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए । “वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ, उनले भने ।
मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध गर्दै गृहमन्त्री अर्यालले देशभर निर्वाचनको वातावरण बनेको दावी गरे ।मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






