फेवातालमा कार खस्दा चालकको मृत्यु


     एभरेस्ट आवाज    
     फागुन २ गते २०८२ मा प्रकाशित




पोखराको फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिकबाट बिहान अन्दाजी २ बजेको समयमा भएको दुर्घटनामा परी कार चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो । विएए १५८२ नम्बरको कार फेवातालमा खसेको थियो । स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भएका गुरुङ हाल पोखरा–७ मासबारमा बस्दै आएका थिए ।

कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ गण, कालिकाबाट गणपति सप्रउ बसन्त बहादुर सिंहको कमाण्डमा २१ जनाको टोली उद्धारका लागि खटिएको थियो । गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।