म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिईन् । वडा नं १ दोवामा रु ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा रु ३९ लाख, वडा नं ३ दानामा रु २१ लाख, वडा नं ४ नारच्याङमा रु १० लाख, वडा नं ६ घारमा रु ६० लाख र वडा नं ७ हिस्तान दोसल्ले र औलामा रु एक करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको उनले बताईन् ।
दुई सय जनाभन्दा बढी किसानले न्यूनतम रु ५० हजारदेखि रु २० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री गरेका छन् । अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए ।
दोसल्लेका किसानले प्रतिकिलोग्राम रु २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताईन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख ८ कास्कीको पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने भएको…






