मनोक्रान्ति ध्यान पदयात्रा भोलिदेखि


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, चैत ७

पोखरामा भोलिदेखि मनोक्रान्ति ध्यान यात्रा हुने भएको छ । विकासानन्द फाउण्डेसन विश्व परिवार नेपालको आयोजना, विकासानन्द फाउण्डेसन विश्व परिवार गण्डकी प्रदेशको व्यवस्थापन तथा कास्की, दमौली, आबुखैरेनी र गोरखाको समन्वयमा ‘मनोक्रान्ति ः एक हप्ते पदयात्रा ध्यान–२०८२’ हुन लागेको हो । पोखरा–गोरखाको १२५ किलोमिटर ध्यान पदयात्रा अन्तर्गत पहिलो दिन चैत ८ गते पोखरा–२३ बरंग आश्रमबाट शुरु भई लेखनाथचोकमा पुगेर टुंगिनेछ । सो दिन त्यहि वास बसेर भोलिपल्ट चैत ९ गते विहान पुनः शुरु हुने पदयात्रा तनहुँको शुक्लागण्डकी नगरपालिका पुगेर स्थगित हुनेछ ।

ध्यान पदयात्राको तेस्रो दिन चैत १० गते शुक्लागण्डकीबाट शुरु भई ब्यास गुफा दमौली पुग्ने, चैत ११ गते व्यास गुफा आबुखैरेनी पुग्ने, चैत १२ गते आबुखैरेनीबाट गोरखा कालिका मन्दिर पुगेर समापन हुने आयोजक विकासानन्द फाउण्डेसन विश्व परिवार गण्डकी प्रदेशका संगठन विभाग प्रमुख दीलिप दोषीले जानकारी दिए ।

ध्यान पदयात्राका लागि नाम दर्ता गर्ने क्रम जारी रहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।