kf]v/f, % dªl;/ . lgdf{0fflwg kf]v/f If]qLo cGt//fli6«o ljdfg:yn . t:jL/ M /flwsf sF8]n, /f;;
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार, तत्कालीन पर्यटन सचिव ,नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशकसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।अख्तियारले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी, प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीलाई प्रतिवादी बनाउँदै अख्तियारले दोस्रो मुद्दा दायर गरेको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोग लागेको छ।
विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा भ्रष्टाचार भएको दाबी अख्तियारको छ ।अख्तियारले विमानस्थल निर्माणमा राजस्व छुटसम्बन्धी भ्रष्टाचारमा ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ।अख्तियारले विमानस्थलमा परामर्शदाता नियुक्तिका लागि एपीसीमा रहेको अधिकतम लागत मूल्य ३३ करोड, ९४ लाख भएको र यो परामर्शदाता नियुक्त गरी ऋण सम्झौता रकमबाट भुक्तानि गर्नुपर्नेमा त्यसो नभएको, परामर्शदाता नियुक्तिको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक बजेटबाट व्यहोर्ने गरी तयार भएको लागत मूल्य ५० करोड, ३४ लाख रुपैयाँ भएको तर, यो प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने भएको अख्तियारको ठहर छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






