पोखरा महानगरपालिका–२,मिरुवामा रहेको,ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ वर्ष २०८३ को भित्ते पात्रो सार्वजनिक गरेको छ।
सोमबार आयोजित कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष दयाराम सापकोटा, सचिव झलकनाथ आचार्य, कोषाध्यक्ष दीपक अधिकारी, व्यवस्थापक सुवास लामिछानेले भित्तेपात्रो सार्वजनिक गरे ।कार्यक्रमका अवसरमा भित्ते पात्रो प्रकाशनमा सहयोग पुर्याएका विशाल अधिकारी, विज्ञापनदाता, शुभचिन्तक तथा शेयर सदस्यलाई संस्थाले धन्यवाद सहित सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ। त्यस अवसरमा, नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै संस्थाले आगामी वर्षमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास दिलाएको छ।
कार्यक्रममा सहकारीका सञ्चालक समितिका सदस्य सहित शेयर सदस्यको सहभागिता रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







