नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको जानकारी दिए । बैठकमा सहभागी हुनका लागि कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।
यसैबिच नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता कसैले खारेज गर्न नमिल्ने बताएका छन् । नेता खड्काले पार्टी कार्यावाहक सभापतिको हैसियतले आज एक विज्ञप्ति जारी गरी पार्टी सदस्यता कुनै नेताको भाषणमार्फत खारेज गर्न नसक्ने बताएका हुन् । “निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थामा कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय जायज होइन, हुन सक्दैन”, उनले भने ।
खड्काले पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका सहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ…






