यो दृश्यलाई नियाल्दा मनमा एउटा कुराले अत्यन्तै मन पोल्यो, यसरी बर्षौ देखि सरकारी जग्गा, मठ-मन्दिर, बन, खोला, आदिको जग्गा ओगटेर स्थाइ वा अस्थाइ बसोबास गरेर बस्ने परिवारहरु हामिले आफ्नो समाज र बस्ति ओरिपरी प्रसस्तै देख्न पाइन्छ, मैले जान्ने भए बाटै “सुकुम्बासी शिर्षक” बाट लेखिएका र बजेका समाचार, टन्नै देखेको र सुनेको छु,
यसरी बसोबास गरेर बस्ने धेरै परिवारको "रहर वा बाध्यता" दुबै कारण होलान, को कानुन सम्बत र को कानुन बिपरित छ भन्ने कुरा नेपाल सरकारको छानबिन पछाडी थाहा होला, राज्यले आफ्नो नियमलाइ नियमन गर्नु, जनतालाइ कानुनको पालना गराउनु, राज्यको कर्तव्य र अधिकार दुबै हो!!! यसमा मेरो ब्यक्तिगत कुनै रुचि छैन र हुनु पनि हुदैन,
जो त्यस बस्तिमा पहिला पुगे, कानुन जान्ने, कानुन बुझ्ने भएर पनि बस्न बाध्यता, रहर, समस्या, पीडा, खुसी जे होला त्यो बिषयमा पनि मेरो कुनै सरोकारको छैन,
(तर यति खेर मेरो मनमा उठेको “प्रश्न” गल्ती कस्को???)
जस्को बाबू आमा त्यस बस्तिमा पुगे पछि मात्रै त्यही बस्तिको झुपडिको छानो मुनि जन्मे, त्यही हुर्के, पालन पोषण त्यही बस्तिमा भयो, त्यही बाट स्कुला जाने आउने गरे, जस्ले हरेक दिन सडक हिडदा, बिहान बेलुका छरछिमेकमा खेल्दा, स्कुलमा भएका साथी भाइ सङ्ग गफ गर्दा, स्कुल बस चड्दा वा झर्दा अरु साथीहरू जस्तै मेरो घर यहि झुपडी हो, हजारौ पटक आफ्नो ठेगाना भन्दा वा लेख्दा, त्यही ठाउको नाम भने वा लेखे!! म यहि जन्मेको हो, मेरो सुत्ने, उठ्ने र खाने ठाउँ यहि हो भनेर मनमा जरो गाडेर बसे!! ती अबोध बालबालिका लाई कदापी थाहा थिएन कि यो मेरो घरको हो कि हैन?? रातो रङ्ग भएको लालपुर्जा नामको कागज कस्तो हुन्छ?? जग्गा को भोग अधिकार भनेको के हो? संविधान भनेको के हो?? कानुन नामको हाउ गुजि के हो?? यत्ती मात्रै हैन आज यसरी राती राती माइकिङ्ग गरेर घर छोड भनेको सुन्नु किन हो? सुकुम्बासी कस्ता लाई भनिन्छ?? फिल्ममा जस्तै डोजर चलेको किन हो??? बाबू आमाले आफू सुतेका बेड बिस्तारा उठाएर बोरामा पोको पारेको किन हो?? बोरामा न अटेर आफुले खेल्दै गरेका खेलौना त्यही छोडेर जानू परेको किन हो?? भर्खर जन्मेको दुधे बालक लाई खुवाउने लिटो र बिच्छाउने थाग्ना पोको पारेर हिड्ने सुत्केरि आमाले गह भरी आँसु बनाउदै उठ्नु परेको किन हो?? म सोच्दै छु, ती अबोध बालबालिका लाइ कस्तो महशुस भए होला, साच्चै यदि त्यो ठाउम म र मेरो परिवार भैदिएको भए कस्तो हुन्थ्यो होला,ती नचिनेका , नजानेका अबोध बालबालिका लाई साम्झेर , साच्चिकै मेरो आखा रसार आए!!!
“ल तपाईंले भन्नुस यस्मा दोष कस्को थियो होला?”
१) अनाधिकृत तरिकाले घर बनाएर बस्ने ती बुवा आमाको?
३) त्यसरी बसेको देख्दा बर्षो सम्म आँखा चिम्लेर बस्ने कानुन पालकको?
४) वा ती अबोध बालबालिकाको???
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन बैशाख अन्तिम साता पोखरामा हुने…






