विन्ध्येश्वरी आदर्श स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८३ मा प्रकाशित




पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको वार्षिक क्यालेण्डर अनुसार आयोजित प्रतियोगितामा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विभिन्न शीर्षकमा आयोजित गरिएको प्रतियोगितामा कक्षा नर्सरीबाट रियाशा अधिकारी प्रथम, इरिक परियार द्वितीय र साहस नेपाली तृतीय भएका छन् । कक्षा एलकेजीबाट इशानी बाबर प्रथम, मुन भौमिक द्वितीय र स्टेला मानन्धर तृतीय भए भने कक्षा युकेजीबाट अंशु दाहाल प्रथम, सुबासना तामाङ द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् । यसैगरी कक्षा एकबाट डेभिड नेपाली प्रथम, सायरा देवकोटा द्वितीय र निरोशा पाइजा तृतीय भए ।

कक्षा २ र ३ बाट सुगम पौडेल प्रथम, लियोशा के।सी। द्वितीय, एडेन गुरुङ तृतीय र दिव्या थापाले सान्त्वना स्थान प्राप्त गरेकी छन् । यसैगरी कक्षा ४ र ५ बाट मौ भौमिक प्रथम, अङ्कित मन्ना द्वितीय र अनिशा गुरुङ तृतीय भएका छन् । कक्षा ६ देखि ८ बाट सृष्टिना कोइराला प्रथम, प्रयास छन्त्याल द्वितीय र अदिती तिमिल्सिना तृतीय भए भने कक्षा ९ र १० बाट उपासना रेग्मी प्रथम, अर्चना रत्न द्वितीय र सुनिशा सुनारले तृतीय स्थान ओगट्न सफल भएका छन् ।

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्र्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताउँदै, यसले विद्यार्थीको अन्तर्निहीत प्रतिभा प्रस्फुटन गराउने स्पष्ट पारे । कार्यक्रम विद्यालयका कला शिक्षक अनिता थापाले संयोजन गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।