पोखराको लामाचौरमा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको रजत बर्ष बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।
आज पोखरामा एक कार्यक्रमका बिच सहकारीले रजत बर्ष समापनसहित संस्थाको स्मारिका विमोचन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले सहकारी क्षेत्रमा देखिएका नितिगत समस्यालाई समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले बद्लिदो आर्थिक तथा सामाजिक परिवेशमा सहकारी क्षेत्रले उत्पादन र रोजगारी सिर्जनामा महत्वपुर्ण भुमिका खेलेको स्पष्ट पारे । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सहकारीले नियमन निकायको निर्देशन पालना गरी आफ्ना सदस्यको आर्थिक विकासमा सहयोगी भुमिका खेल्नुपर्नेमा जोड दिए । त्यस अवसरमा सहकारीका संस्थापक अध्यक्ष पुर्णबहादुर पाण्डेसहित पुर्व अध्यक्ष पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमानसिंह भण्डारी, पदमसिंह गुरुङ, नारायणप्रसाद पौडेल, सञ्जयकुमार अधिकारी र पुर्व सञ्चालक समिति, लेखा समिति, भवन निर्माण समितिलाई सम्मान गरिएको सचिव बुद्धी बहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्की,जिल्ला सहकारी संघका दीपकप्रसाद आचार्य , राष्ट्रिय सहकारी बैंकका टीकाराम अधिकारी, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष ई.दीनेश भण्डारी, सहकारीका पुर्व अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारी, नारायणप्रसाद पौडेल, हितैषी सहकारीका अध्यक्ष मदनप्रसाद आचार्य लगायतले सहकारीले जनजिविकासँगै उद्यमशीलतालाई पनि जोड्ने बताए । त्यस अवसरमा मन्त्री कार्कीले सहकारीले प्रकाशन गरेको स्मारिकाको विमोचन समेत गरेका छन् । सहकारीका अध्यक्ष नविन भण्डारीले विगत २५ बर्षदेखि सहकारीले सर्मपण, अनुशासन र पारदर्शितालाई मुल मन्त्र मान्दै यहाँसम्म आईपुगेको बताए । अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सात सिद्धान्तको बाचन सदस्य रमा भण्डारी र संचालन सचिव बुद्धी बहादुर खत्री क्षेत्रीले गरेका थिए ।
लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीमा करिब २ हजार ५ सय शेयर सदस्य आवद्ध छन् । संस्थाले २ करोड १५ लाखको लागतमा आफ्नै भवनबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की जिल्ला शारीरिक सुगठन संघले एक लाख रुपैयाँ नगद पुरस्कार राशीसहित ‘प्रथम…







