पोखरा २० द्वारा अपाङ्गता भएका व्यक्तिलाई स्टेशनरी र कपडा वितरण


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. २० ले स्टेशनरी सामाग्रीसहित न्यानो कपडा वितरण गरेको छ ।

विकास नेपाल नामक सामाजिक संस्थासँगको सहकार्यमा वडाभित्र अपाङ्गता भएका ५ जना विद्यार्थीलाई स्टेशनरी र २३ जना अपाग व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष गंगाबहादुर खत्रीले ति सामाग्री वितरण गरेका हुन् । वितरण पछि आयोजित कार्यक्रममा वडाध्यक्ष खत्रीले यस्ता कार्यक्रमलाई वडाले बार्षिक क्यालेण्डरमा समावेश गरेको जानकारी दिदैं, अपाङ्गता भएका व्यक्तिलाई राहत मिल्ने बताए । उनले नागरिकका समस्याप्रति स्थानीय सरकार जानकार रहेको बताउँदै, निश्चित वजेटका कारण सबै समस्या समाधान हुन नसकेको स्पष्ट पारे । सामाजिक कार्यका लागि विकास नेपालले गरेको सहयोग प्रति उनले खुशी व्यक्त गरे ।

विकास नेपालका अध्यक्ष गणेश पाख्रिनले संस्थाले महिला, बालबालिका र अपाङ्गताका क्षेत्रमा काम गर्दै आईरहेको बताए । सोही अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकार र प्रोत्साहनका विषयमा अभिमुखिकरण दिईएको छ । सहभागिलाई बुुद्धीबहादुर थापाले सहजिकरण गरेका थिए । विकास नेपालका अध्यक्ष पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विमला केसीले गरेकी थिईन् ।

वडाले अघिल्लो बर्ष आय आर्जनमा सघाउ पुर्याउने उद्धेश्यले भैंसीका पाडापाडी, बाख्रा तथा कुखुराका चल्ला वितरण गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।