पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा “सहकारीको भावी गन्तव्य : चुनौती र सम्भाव्यता” विषयक अन्तर सहकारी नीति संवाद गोष्ठी शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
पोखरा रोयल सहकारीले २५ बर्ष प्रबेशका सन्दर्भमा “२५ बर्ष, २५ कार्यक्रम” अन्तरगत “२५ करोड माथिका २५ ठूला र ब्यबश्थित सहकारीका अध्यक्ष र ब्यबश्थापकको सहभागितामा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, सुशासन, वित्तीय अनुशासन, बचतकर्ताको सुरक्षा तथा भावी रणनीतिका विषयमा केन्द्रित रहि नीति सम्बाद गरेको मुख्य प्रबन्धक मिलन ढकालले जानकारी दिनुभयो ।
एभरेष्ट एफएमका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको नीति सम्वादको प्यानलिस्टमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंक लिमिटेडका सिईओ चार्टर्ड एकाउन्टेन्ट बद्रीकुमार गुरागाई, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपकराज बाँस्तोला, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्की, र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहन अधिकारी लगायत थिए।
प्यानल छलफलमा सहकारी क्षेत्रको नियमन, बचतकर्ताको सुरक्षा, समस्याग्रस्त सहकारीहरुको व्यवस्थापन, सहकारीको राजनीतिकरण, सदस्य शिक्षा, प्रविधि प्रयोग, सुशासन, पारदर्शिता तथा सहकारी अभियानको विश्वसनीयता पुनःस्थापनाका विषयमा गहन छलफल भएको थियो । सहभागी संस्थाका प्रतिनिधिहरुले प्रश्न तथा सुझाव प्रस्तुत गर्दै सहकारी क्षेत्र सुधारका लागि व्यवहारिक नीति, प्रभावकारी अनुगमन तथा अन्तर सहकार्यको आवश्यकता औंल्याएका थिए ।
त्यसअघि कार्यक्रमका प्रमुख अतिथि निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकालले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले सहकारी क्षेत्रको वर्तमान अवस्था, संस्थागत अभ्यास, सदस्य केन्द्रित सेवा तथा सुशासनका विषयमा प्रस्तुति राख्नु भएको थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सिईओ श्री बद्रीकुमार गुरागाईले “सहकारीको भावी गन्तव्य : चुनौती र सम्भाव्यता” विषयमा प्रस्तुतीकरण गर्दै सहकारी क्षेत्रप्रति बढ्दो अविश्वास, वित्तीय अनुशासनको अभाव, जोखिम व्यवस्थापन, प्रविधिमैत्री प्रणाली, पारदर्शिता, एकीकरण तथा व्यावसायिक व्यवस्थापनको आवश्यकता औंल्याउनुभयो । उहाँले सहकारी संस्थाहरुले सदस्यको विश्वास जोगाउन सुशासन, उत्तरदायित्व र डिजिटल प्रणालीमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले सहकारी अभियानलाई सदस्य केन्द्रित, पारदर्शी र उत्तरदायी बनाउँदै विश्वास पुनःस्थापनामा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
पोखरा रोयल साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ्ग र
उद्घोषण, कार्यक्रम सञ्चालन, आचारसंहिता तथा सुरक्षा व्यवस्थाबारे जानकारी संस्थाका मुख्य प्रवन्धक मीलन ढकालले दिनुभएको थियो ।
कार्यक्रमपछि सहभागीहरुलाई पोखरा रोयल साकोसको प्रधान कार्यालय तथा सहकारी कोसेली घरको स्थलगत अवलोकन गराइएको थियो । उक्त अवलोकनको सहजीकरण प्रवन्धक परमेश्वर दहाल तथा सहायक प्रवन्धक उमनाथ आचार्यले गर्नुभएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन…







