मिसन युएसए एजुकेशन कन्सल्टेन्सीको चौथो शाखा पोखरामा विस्तार


     एभरेस्ट आवाज    
     असार ११ गते २०८३ मा प्रकाशित




पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन यबएसए एजुक्सन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ। महेन्द्रपुलस्थित हुलाक कार्यालय अगाडि, पोखरा कलर ल्याब नजिक बुधबार आयोजित विशेष समारोहबीच शाखाको औपचारिक उद्घाटन गरिएको हो।

शाखाको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्दै कार्कीले पोखरामा गुणस्तरीय शैक्षिक परामर्श सेवाको आवश्यकता बढ्दो रहेको बताए। उनले पछिल्लो समय पोखरामा शैक्षिक परामर्श केन्द्रहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको सन्दर्भमा मिसन युएसएले विद्यार्थीलाई सही, विश्वसनीय र पारदर्शी मार्गनिर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे।

सन् २००८ मा स्थापना भएको मिशन युएसएले विगत १८ वर्षदेखि वैदेशिक अध्ययनमा जान इच्छुक नेपाली विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै आएको छ। संस्थाले विश्वका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई उपयुक्त शैक्षिक गन्तव्य छनोट, भर्ना प्रक्रिया, कागजात तयारी, भिसा परामर्श तथा समग्र अध्ययन यात्रामा आवश्यक सहजीकरण गर्दै आएको संस्थाका संस्थापक निर्देशक सञ्जय घिमिरे ले शाखा विस्तारका लागि सक्षम र दक्ष टिम निर्माणलाई प्राथमिकतामा राखिएको बताए। उनले पोखरा शाखा विस्तारसँगै नेपालको पश्चिम क्षेत्रका अन्य शहरहरूमा समेत सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

उनका अनुसार वैदेशिक शिक्षा आजको विश्वव्यापीकरणको अपरिहार्य हिस्सा बनिसकेको छ। विदेशी शैक्षिक वातावरणले विद्यार्थीलाई नयाँ परिवेशमा घुलमिल हुन, अन्तरसांस्कृतिक अनुभव हासिल गर्न तथा विश्वस्तरीय ज्ञान, सीप र प्रविधिसँग परिचित हुन महत्वपूर्ण अवसर प्रदान गर्छ।

मिशन युएसएले विद्यार्थीहरूको शैक्षिक योग्यता, रुचि र आर्थिक क्षमताअनुसार उपयुक्त विश्वविद्यालय तथा कार्यक्रम छनोटमा सहयोग गर्ने, गुणस्तरीय तथा सत्यपरक सूचना उपलब्ध गराउने, र सहज तथा झन्झटरहित प्रक्रिया मार्फत सेवा दिने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ, बिर्तामोड र चितवनमा सफलतापूर्वक सेवा सञ्चालन गरिरहेको संस्थाले पोखरालाई आफ्नो चौथो शाखाका रूपमा विस्तार गरेको हो। पोखरा शाखा कर्ण बहादुर विक र सबी केसी को नेतृत्वमा सञ्चालनमा आएको हो ।
कन्सल्टेन्सीका अनुसार गण्डकी प्रदेश तथा पश्चिम नेपालका विद्यार्थीहरूलाई आफ्नै क्षेत्रबाट गुणस्तरीय शैक्षिक परामर्श, एडमिशन काउन्सेलिङ, डकुमेन्टेसन सहायता तथा भिसा गाइडेन्स उपलब्ध गराउने उद्देश्यसहित पोखरा शाखा सञ्चालनमा ल्याइएको हो। नयाँ शाखा सञ्चालनसँगै विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई थप सहज, प्रभावकारी र पहुँचयोग्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।