यामाहाको ७१औं वार्षिकोत्सवको अवसरमा बुधबार यामाहा पोखराले रक्तदान कार्यक्रम गर्ने


     एभरेस्ट आवाज    
     असार १६ गते २०८३ मा प्रकाशित




पोखरा । नेपाली ग्राहकहरूमाझ लोकप्रिय यामाहा मोटरसाइकल तथा स्कुटरहरूको पोखरास्थित आधिकारिक विक्रेता भिएडब्लु इन्टरप्राइजेज प्रा लि.⁠ ले यामाहाको ७१औं वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility – CSR) अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम असार १७ गते (बुधबार) बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म नयाँबजारस्थित यामाहा शोरुमको आफ्नै प्राङ्गणमा सञ्चालन हुनेछ। समाजमा रगतको बढ्दो आवश्यकता तथा रगतको अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पोखराले प्राविधिक व्यवस्थापन तथा रक्त संकलनको जिम्मेवारी निर्वाह गर्नेछ।कम्पनीका प्रबन्ध निर्देशक श्री सरोज श्रेष्ठ ले भन्नुभयोःका अनुसार “रक्तदान जीवनदान” भन्ने भावनालाई आत्मसात गर्दै यस मानवीय अभियानमा यामाहा परिवार, ग्राहक, शुभेच्छुक, विभिन्न संघ–संस्था, स्थानीय समुदाय तथा रक्तदान गर्न इच्छुक सम्पूर्ण महानुभावहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ।

कम्पनीले व्यवसायिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्वलाई पनि समान प्राथमिकतामा राख्दै समय–समयमा विभिन्न सामाजिक तथा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले यामाहाको ७१औं वार्षिकोत्सव केवल हाम्रो ब्रान्डको सफल यात्राको उत्सव मात्र नभई समाजप्रति हाम्रो उत्तरदायित्वलाई अझ सशक्त रूपमा अभिव्यक्त गर्ने अवसर पनि हो। रक्तदानजस्तो मानवीय अभियानमार्फत कसैको जीवन बचाउन सानो योगदान दिन पाउनु हाम्रो लागि गौरवको विषय हो भन्नुभयोः

नेपाल रेडक्रस सोसाइटी, पोखरासँगको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममा यामाहा परिवार, हाम्रा ग्राहक, शुभेच्छुक तथा सम्पूर्ण रक्तदाता महानुभावहरूको उत्साहजनक सहभागिताको अपेक्षा गरेका छौं। आगामी दिनहरूमा पनि व्यवसायिक उत्कृष्टतासँगै समाजप्रति उत्तरदायी रहँदै यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता रहनेछ।”

कम्पनीका अनुसार यामाहाको ७१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यो रक्तदान कार्यक्रम समाजप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण पहल हो। जीवन बचाउने यस पुण्य अभियानमा सहभागी भई रक्तदान गर्न सम्पूर्ण इच्छुक महानुभावहरूमा कम्पनीले हार्दिक अनुरोध गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।